आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाद्वारा प्रदीप पौडेलसहित ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

आइतबार, १८ पुस २०७८, १३ : ४९
आइतबार, १८ पुस २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गुरुङ सभापतिमा उम्मेदवार बनेर पराजित भएका थिए भने दोस्रो चरणको निर्वाचनमा उनले सभापतिमा देउवालाई सघाएका थिए । यस्तै प्रदीप देउवा समूहबाटै महामन्त्री र शाही पनि देउवा समूहबाटै सहमहामन्त्रीमा पराजित बनेका थिए । 

यसअघि शनिबार पनि देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । जसमा रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप