शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केबल एक खरबुजाका लागि भएको थियो लडाइँ, हजारौँ सेनाको मृत्यु

आइतबार, १८ पुस २०७८, १३ : ३५
आइतबार, १८ पुस २०७८

विश्व इतिहासमा कयौँ युद्ध र लडाइँको बारेमा तपाईंले सुन्नु भएको होला । भारतीय इतिहासमा पनि कयौँ युद्ध लडिएको छ । जसको बारेमा कयौँ कथाहरू चर्चित छन् । तीमध्ये धेरैजसो लडाइँ अर्को राज्यमा कब्जा गर्नका लागि भएका छन् । तर १६४४ इस्वी सम्बतमा एक युद्ध केबल एक खरबुजाका लागि भएको थियो । आज भन्दा करिब ३७६ वर्ष पहिले भएको यो लडाइँमा हजारौँ सैनिकको मृत्यु समेत भएको थियो । आउनुहोस् जानौँ यो युद्धको बारेमा । इतिहासमा यो युद्ध ‘मतीरेकी राड’को नामले चिनिँदै आएको छ । राजस्थानको कयौँ इलाकामा खरबुजालाई मतीराको रूपमा चिनिन्छ । राडको अर्थ हो, लडाइँ । 

उक्त समयमा बिकानेर शाही राज्यको सीलवा गाउँ र नागौर शाही राज्यको जाखणिया गाउँको सिमाना जोडिएको छ । यी गाउँहरू यी राज्यहरूको अन्तिम सिमाना थियो । बिकानेर राज्यको सीमामा एक खरबुजाको बिरुवा रोपिएको थियो । तर यो बिरुवाबाट नागौर राज्यको सीमा पार गरेर फलेको थियो । यही कारण फल युद्धको कारण बनेको थियो ।

सीलवा गाउँका निवासीका अनुसार बिरुवा आफ्नो भूमिमा लगाइएको थियो । त्यसैले फलमाथि उनीहरूको अधिकार रहन्छ । अर्को राज्यले पनि फल आफ्नो सीमामा लागेको बताउँदै आएको थियो । यत्तिकैमा २ राज्यबीच लडाइ सुरु भयो र धेरै सैनिकहरूले ज्यान समेत गुमाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप