माओवादीमा नेतृत्व चयनबारे के भन्छन् प्रतिनिधि ?
नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ ।
चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भएपनि बढीभन्दा बढी प्रतिनिधिहरुले भने पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउँछन् । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उनले बताए ।
प्रतिनिधि डा.कृष्णप्रसाद खनाल माओवादी पार्टीभित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रुपले कमिटी निर्माण गर्नुपर्ने बताउँछन् । पार्टीले संगठित रुपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उनको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उनको तर्क छ ।
प्रतिनिधि लीलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद बन्ने बताउँछन् । प्रतिस्पर्धाबाट आएमा नेताहरुले आफ्नो क्षमता देखाएर अगाडि बढ्न सक्ने उनले बताए । त्यसैगरी, प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरेपनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताए । हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उनले चुनाव गरे पार्टी नबन्ने उनले बताए । सहमति, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उनले बताए ।
प्रतिनिधि वीरबहादुर रायमाझी पार्टीमा सक्रिय र इमान्दार कार्यकर्ताले ठाउँ पाउनुपर्ने बताउँछन् । चुनाव भएमा पैसावाल मान्छेहरूको हालीमुहाली हुने भएकाले चुनाव गर्न नहुने उनको भनाई छ । चुनावी प्रणालीलाई नमान्ने उनले बताए ।
प्रतिनिधि टेकनाथ न्यौपाने पनि चुनावको लडाइँभन्दा पार्टीलाई सर्वसम्मत रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले चुनावलाई केवल जित र हारको संज्ञा दिदैँ सर्वसम्मतिमा कसैको जित र हार नहुने टिप्पणी पनि गरे । पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
-
हालान्डको गोल वर्षा, सिटी लगातार चौथो उपाधि नजिक
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
-
नेपाली नोटमा चुच्चे नक्सा : भारतीय विदेशमन्त्रीले भने, ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’
-
घरजग्गा कारोबार नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : संयोजक भण्डारी
-
बार्सिलोना हारेपछि रियललाई ला लिगाको उपाधि