मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

हकप्रद सेयर जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक, बुक क्लोज पुस २६ गते

आइतबार, १८ पुस २०७८, १३ : ३१
आइतबार, १८ पुस २०७८

कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ७ गतेदेखि १ः१.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले ३० करोड रूपैयाँ बराबरको १०० रूपैयाँ अंकित ३० लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । हकप्रद सेयर बिक्री गर्ने भएपछि कम्पनीले पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ । 

२६ गते बुक क्लोज गर्ने भएपछि पुस २५ गतेसम्म कायम कम्पनीको सेयरधनीले हकप्रद सेयरमा आवेदन गर्न पाउँछन् । लगानीकर्ताले उक्त हकप्रद सेयरमा माघ २७ गतेदेखि आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरू र सि आस्वामा आवबद्ध बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप