आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसिसीविरुद्ध साना वामपन्थी दलले तताए सडक

आइतबार, १८ पुस २०७८, १२ : ४७
आइतबार, १८ पुस २०७८

एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।  नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा  विरोध  प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । 

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेल संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए । 

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने योजनाले मूर्तरूप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरूमाथि दबाव दिने काम निरन्तर जारी राखेको साना दलले बताएका छन् ।  यी साना दलले एमसीसीको विरोधमा निरन्तर आन्दोलन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप