‘लाखे’ मा भित्रिए रोहित
अभिनेता रोहित रुम्बाको अभिनय फिल्म ‘लाखे’ मा पनि रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा शनिबार रोहितलाई भित्र्याएको छ । ‘लाखे’ कथा मन परेको कारण फिल्मसँंग जोडिएको रोहितले बताए । रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
रोहितसँगै निर्माण युनिटले कलाकारका रुपमा सन्जय थापा र संन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार पुरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।
फिल्मका लागि यस अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी छानिएका थिए ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । फिल्म २६ पुसबाट छायांकनका लागि फ्लोरमा निस्कने निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ अर्ब ७८ करोड तिरेर एक महिनामा साढे ७ खर्बको बीमा
-
दाङमा बस दुर्घटना, २१ जना घाइते
-
सन्तोषको शानदार बलिङ, नेपालसामु २ सय ३४ रनको लक्ष्य
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी