बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै

आइतबार, १८ पुस २०७८, ११ : ३१
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । 

यो बीचमा नेताहरुबीच विभिन्न औपचारिक अनौपचारिक छलफल भएका छन् ।  स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय कमिटी घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएकाले नेतृत्वले त्यसै अनुसारको तयारी गरिरहेको छ । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप