मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

स्मार्ट टेलिकमले ल्यायो ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ को अफर

आइतबार, १८ पुस २०७८, ११ : २०
आइतबार, १८ पुस २०७८


स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ । चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डाटा प्याक खरिद गर्दा डबल खुसी प्राप्त गर्न सक्ने छन् ।
यस योजनामा अन्तर्गत डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी दैनिक डाटा र मासिक २ जीबी डाटा प्याक खरिद गर्दा ‘बाइ वन, गेट वन फ्रि’ योजना अन्तर्गत एउटै मूल्यमा समान अवधिका लागि डबल डाटा निःशुल्क पाउन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप