मारिबमा यमनी सेनाको कारबाही, ३७ हुथी विद्रोही मारिए
यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् ।
यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो । त्यस कारबाहीमा परेर ती विद्रोहीहरु मारिएका हुन् । उक्त शहरमा गस्तीमा रहेका यमनी सैनिकमाथि ती विद्रोहीहरुले आक्रमण गरेका थिए ।
त्यसपछि दुवैतर्फ भिडन्त भएको बताइएको छ । भिडन्तका क्रममा ३७ जना हुथीहरु मारिएका र अरु केही घाइते भएका बताइएको छ । उता साउदी अरेबिया नेतृत्वको सेनाले सोही शहरमा हवाई कारबाही पनि गरेको छ । सो कारबाहीमा परी दर्जनौँ हुथी विद्रोही मारिएको बताइएको छ । साथै सो सेनाले ठूलो मात्रामा हुथीहरुका आश्रयस्थल पनि ध्वस्त पारिदिएको पनि बताएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या