शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कोरोना कालमा रक्सी र चुरोट पिउने लतमा ४० प्रतिशतले वृद्धि : अध्ययन

आइतबार, १८ पुस २०७८, १० : ५१
आइतबार, १८ पुस २०७८

विश्व बल्ल तल्ल कोरोना महामारीको लकडाउनबाट माथि उठ्न लागेको बेलामा नयाँ भेरियन्टले निम्ताएको अर्को लहरले समस्यामा पारेको छ । विश्वको ठूलो जनसंख्यालाई खोप दिइसकिएको छ । तैपनि कोरोनाको ग्राफ उकालो लाग्ने क्रममा छ । 

यता, कोरोना कालमा विश्वमा रक्सी र चुरोटको लतमा पनि वृद्धि भएको एक अध्ययनले देखाएको छ । विशेष गरी युरोपेली देशमा यसले चिन्ता थप बढाएको छ । यो नतिजा एडिक्सन जर्नलमा प्रकाशित भएको हो । अध्ययनका अनुसार बेलायतको पहिलो लकडाउनको अवधिमा महामारी भन्दा पहिलेको तुलनामा ४५ लाखभन्दा बढी युवाले रक्सी पिउन सुरु गरेका थिए । यो सङ्ख्या करिब ४० प्रतिशत वृद्धि भएको हो । 

शोधमा संलग्न वैज्ञानिकले भने, ‘यो प्रवृत्ति महिलाका साथै न्यून आए भएका मानिसमा पनि देखिएको छ । यो अत्यन्त चिन्ताजनक छ ।’ अध्ययनका अनुसार पहिलो लकडाउनको अवधिमा ६ लाख ५२ हजार युवामा धुम्रपानको लत लागेको छ ।

सुर्तीको खपतमा वृद्धि

२०२१ को अक्टोबरमा युरोपेली जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित अध्ययनका अनुसार फ्रान्समा पहिलो पटक २०२० को मार्चमा लकडाउन भएपछि धुम्रपान गर्ने मानिसमा २७ प्रतिशतले सुर्तीको खपत बढेको देखिएको छ । यसैगरी १९ प्रतिशतले भने उनीहरूको सुर्तीको खपत कम भएको बताएका छन् । ११ प्रतिशतले लकडाउनले रक्सीको खपत बढाएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष रक्सीका कारण ३० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा हुने गरेको बिरामीको उपचारमा मात्रै ५.१ प्रतिशत हिस्सा रक्सीका कारण हुने बिरामीमा हुने गरेको छ । यसैगरी सुर्तीका कारण ८० लाख मानिस प्रत्येक वर्ष मर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप