१७४२ मतदाताले भोट हाल्दा ठुला नेता हार्ने जोखिम
नेकपा माओवादीले आज २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दैछ । सहमतिकै आधारमा केन्द्रीय कमिटीको नामावली तयार पार्न शीर्ष तहमा प्रयास भइरहे पनि दिउँसो २ बजेदेखि मनोनयन दर्ता लगायतको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । यो स्थितिमा २९९ सीटका लागि १७४२ मतदाताका बीचमा चुनाव हुने सम्भावना बढेको छ ।
बन्दसत्रमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्, ‘हामीले केन्द्रीय समितिको निर्वाचन प्रक्रिया सकेसम्म सहमति कायम गर्ने कोसिस गर्ने, सहमति भएन भने निर्वाचन गरेर भए पनि टुङ्ग्याउने । हामीले पालिका र प्रदेश सम्मेलनहरूमा पनि यसको अभ्यास गरिसकेका छौँ ।’
माओवादीले चुनावमै जाने निर्णय गरे पनि काँग्रेस र एमालेमा जस्तो पदाधिकारीहरूको चुनाव भने महाधिवेशनका १७४२ प्रतिनिधिले गर्ने छैनन् । हलबाट चुनिएका २९९ जना केन्द्रीय कमिटी सदस्यहरूले मात्रै पदाधिकारीको चुनावमा भाग लिन पाउने छन् ।
क्लष्टर मिलाउन ३३ चोटि छलफल
माओवादीले आफ्नो विधानमा महिला, दलित, मुस्लिम र युवाहरूलाई मात्रै क्लष्टर मिलाएको थियो । तर, संविधान र कानुन अनुसार ८ वटा क्लष्टर मिलाउनैपर्ने भएकाले शनिबार बसेको स्थायी कमिटीको बैठकबाट ८ वटा क्लष्टर मिलाएको छ ।
केन्द्रीय कमिटीको क्लष्टर मिलाउन स्थायी कमिटीबाट पाँच सदस्यीय कार्यदल बनाइएको थियो । सो कार्यदलले ३३ चोटि बैठक बसेर संविधान र ऐन अनुसारको क्लष्टर मिलाउने कोसिस गरेको प्रचण्डले बैठकमा बताए । ‘उनले भने, हामी एउटा टुङ्गोमा आइपुगेका छौँ । युवा, महिला, दलित र मुस्लिमलाई माओवादीले ऐनमा भएको भन्दा बढी व्यवस्था गर्नेछ ।
‘हामीले पहिला जसरी सोचिएको थियो, त्यो अलिकति अपूरो महसुस भयो । पहिला हामीले महिला दलित, युवा र मुस्लिमहरूको मात्रै निश्चित प्रतिशत तोकेर प्रतिनिधित्व गराउने मात्रै सोचेका थियौँ’ प्रचण्डले बन्दसत्रमा भने, ‘संविधान र ऐनको व्यवस्थाअनुसार समानुपातिक समावेशी सिद्धान्त अनुसार सबैको तोकेर जानुपर्ने भएको हुनाले यो निर्वाचन हामीले सामान्यरुपमा सोचेको भन्दा अहिले बढी जटिल भयो । हामीले अब कानुनको व्यवस्था अनुसार सबै क्लष्टरहरुको प्रतिनिधित्व गर्ने गरी निर्वाचन गर्ने गरी प्रक्रिया टुङ्ग्याउनुपर्ने भयो ।’
पार्टीले सातवटा भौगोलिक प्रदेश र एउटा गैरभौगोलिक प्रदेशलाई समेत आधार मानेर ८ ठाउँमा समावेशी समानुपातिक क्लष्टर मिलाउने मिलाएको बताउँदै प्रचण्डले महाधिवेशन हलमा भने, ‘क्लष्टर र खुल्लाको सङ्ख्यालाई सहमतिमा ल्याउने कोसिस गर्नेछौँ ।’
पुराना सबै नेतालाई केन्द्रीय कमिटीमा राख्ने प्रयास
अब संशोधित विधानको व्यवस्थाअनुसार खुल्लातर्फ १४५ र समावेशी समानुपातिकतर्फ १५४ गरी २९९ केन्द्रीय सदस्यहरू हलले चुन्ने छ । सहमतिका आधारमा केन्द्रीय कमिटी चयन भयो भने हाल आयोजक समितिमा रहेका १८५ जनालाई नै समेट्ने माओवादीको तयारी छ । यसो गर्दा नयाँ ११४ मात्रै केन्द्रीय कमिटीमा आउनेछन् ।
तर, केन्द्रीय कमिटीको प्यानलमा सहमति जुटेन भने खुल्ला प्रतिस्पर्धा हुँदा वर्तमान केन्द्रीय कमिटीमा रहेका १८५ मध्येबाटै धेरै नेता हार्ने जोखिम रहेको नेताहरू बताउँछन् ।
यसरी १७४२ प्रतिनिधिबीच भोटिङमा गएको अवस्थामा सांस्कृतिक एवं आर्थिक विचलनको आरोप लागेका कतिपय पुराना नेताहरू केन्द्रीय कमिटीबाटै रिङआउट हुने जोखिम रहेको एक नेताले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
