भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ पक्राउ
आइतबार, १८ पुस २०७८, ०९ : ५६
![भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ पक्राउ](https://rpcdn.ratopati.com/media/albums/juwa_0hZWI9VZIv.jpeg)
जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि रहेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् । उनीहरूको साथबाट २ लाख नगद पनि बरामद गरिएको प्रवक्त श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको वेबसाइट ह्याक
-
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
-
‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने’मा प्रदीप, दीपासहित थुप्रै कलाकार
-
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति