असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु हुने
रमेश सुवेदी
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बोलाइएको प्रशिक्षणमा कारबाहीमा परेका खेलाडीसहित उनीहरूलाई समर्थन गर्दै आएका खेलाडी टिम होटल रिपोर्टिङमा पुग्न आनाकानी गरेका छन् ।
मुख्यप्रशिक्षक पुबुदु दासानायेकेले छनोटका लागि ३० खेलाडीलाई बोलाएका थिए । जसमा कारबाहीमा परेका ४ खेलाडीसमेत थिए । तर,क्यानको शनिबार खेलाडीलाई होटल रिपोर्टिङ र आइतबार ओरिएन्टेसन हुने कार्यक्रममा कारबाहीमा परेका र उनीहरूलाई समर्थन गर्दै आएका खेलाडीसमेत सहभागी भएनन् ।
पहिलो दिन ११ खेलाडी मात्रै उपलब्ध भएका छन् । ६ खेलाडी भने आउने क्रममा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ले न्युज कारखानालाई बताए । ‘पहिलो दिन ११ खेलाडीले रिपोर्ट गर्नुभएको छ । तराईमा रहनु भएका ६ खेलाडी आउने क्रममा हुनुहुन्छ । उहाँहरू आज (आइतबार) सम्म आइपुग्नुहुन्छ ।’ मल्लले भने ।
यसअघि क्यानको २९ मङ्सिरको बोर्ड बैठकले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कमल सिंह ऐरी र सोमपाल कामी गरी चार खेलाडीलाई आचारसंहिता उल्लघंन गरेको भन्दै केन्द्रीय कन्ट्याक्टबाट सुरुआती छ महिना बाहिर राखेको हो ।
साे विषयलाई लिएर केही खेलाडीले उनीहरूलाई समर्थन गरिरहेका छन् । यता, खेलाडीले भने हालका कप्तान सन्दीप लामिछाने हटाइनुपर्ने र खेलाडीको कारबाही फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् । क्यान भने असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु गर्ने तयारीमा छ ।
मल्लले उपलब्ध खेलाडीबाटै अभ्यास सत्र सुरु गर्ने बताए । ‘आज ओरिएन्टेसन हुनेछ। मैदान बाहिर नै प्रशिक्षण हुन्छ । भोलि (सोमबार) बाट जति आउनुहुनेछ' उहाँहरूले नै मैदानको अभ्यास थाल्नुहुनेछ । हामी अभ्यास रोक्दैनौँ, ’ मल्लले न्युज कारखानासँग भने ।
३० सदस्यीय प्रारम्भिक टिमका खेलाडीको नाम
सन्दीप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेसवाकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सर्राफ, विक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?