शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु

आइतबार, १८ पुस २०७८, ०९ : ४३
आइतबार, १८ पुस २०७८

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचान गरिएको छ ।

गाउँपालिकाभित्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरेको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । 

तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पत्र दिने अध्यक्ष खड्काले बताए । लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको खड्काले बताए ।

आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको उनले बताए । पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न १८ पुसदेखि पालिकाका ६ वडामा १२ जना सहजकर्ता परिचालन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप