निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन
![निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन](https://rpcdn.ratopati.com/media/albums/1_MRJsy2e6Cd.jpeg-4)
परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताएका थिए ।
पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरे । प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो ।
गैरआवासीय नेपाली संघ र मन्त्रालयबीचको पत्रयुद्धपछि संघका पदाधिकारीहरूले पहिलो पटक मन्त्री खड्कालाई भेटेका हुन् । पछिल्लो भेटघाटले संघ र मन्त्रालयबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
-
खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई ‘अग्रज तथा अनुज सम्मान’ प्रदान
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी