लिङ्देनले ४ नेतालाई कारबाही गरेपछि कमल थापाको विरोध

राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका ४ जिल्लास्तरीय नेतामाथि भएको कारबाहीको विरोध गरेका छन् । उनले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका हुन् ।
‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । थापा महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै लगातार पार्टी नेतृत्व र निर्मल निवासप्रति कटाक्ष गर्दै आएका छन् । उनले पुस २७ गतेदेखि छुट्टै देशव्यापी अभियानसमेत सञ्चालन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया
-
पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद
-
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
-
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित
-
‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश
-
नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो