शिक्षक टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ विमोचन
लामो समय विद्यालय शिक्षण पेसामा रहेका शिक्षक टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ विमोचन भएको छ । शनिवार काठमाडौँमा गरिएको विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्दैछ ? छलफल तथा विमोचन समारोह कार्यक्रममा रेग्मीको उपन्यास विमोचन गरिएको हो । पुस्तकको शिक्षाविद्हरू डा.मनप्रसाद वाग्ले, डा.विद्यानाथ कोइराला, डा.काशीराज पाण्डे, डा.मिनाक्षी दाहालले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै डा.मित्रबन्धु पौडेलले अहिलेको विद्यालय शिक्षा कता गइरहेको छ भन्नेबारे पुस्तकले उजागर गरेको उल्लेख गरे । पुस्तकमा प्राथमिक तहका बालबालिकाको विषय उठाएको र समयानुकूल परीक्षा प्रणाली सुधार गर्नुपर्ने विषय उठाएको बताए । लेखकले उपन्यासमार्फत बालबालिका र शिक्षकबिच सम्बन्ध बलियो बनाउन संवेदनात्मक इन्टेलिजेन्स आवश्यक रहेको विषय उठाएको उल्लेख गरे ।
उपन्यासकार टीकाराम रेग्मीले आफ्नो उपन्यासबारे बोल्दै वर्तमान शिक्षाले विद्यार्थीमा सिर्जनात्मक क्षमता मार्दै छ र भुत्ते बनाउँदै लगेको बताए । उनले आफूले ३९ वर्ष शिक्षणका क्रममा भोगेका घटनाहरू र शिक्षणका क्रममा आफूले विद्यार्थीका लागि पहिले यसरी सिकाउन पाएको हुन्थ्यो भन्ने पश्‍चाताप समेत उपन्यासमा पोखेको उल्लेख गरे ।
उनले अहिलेको शिक्षा प्रणालीका साथै पढाउने तरिका फेर्नुपर्ने आवश्यकता रहेको बताउँदै विद्यार्थीको क्षमता अनुसार सिकाइलाई अगाडि बढाउनुपर्ने बताए ।
उनले भने–‘मैले पढाएका विद्यार्थी खाडी मुलुकमा कुल्ली र ज्यामी भएपछि मैले यो पुस्तक लेखेको हुँ । विद्यार्थीको क्षमता, दक्षता, रुचि जे मा थियो त्यही अनुसार पढाउन पाएको भए उनीहरू असफल हुने थिएनन् । हामीले माछालाई रूख चढ्न सिकाएर कहिल्यै सफलता पाउन सक्दैनौँ, जसको जे क्षमता छ त्यही अनुसारको शिक्षा दिने अवस्था छैन ।’
डा.काशीराज पाण्डेले उपन्यासको शीर्षक ‘उज्यालोतिर’ राम्रो नाम भएको बताउँदै हरेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि उत्प्रेरक रहेको बताए । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षकहरू र शिक्षक हुन खोज्नेले पढ्नै पर्ने उपन्यास उज्यालोतिर रहेको बताए । डा.मनप्रसाद वाग्लेले अहिलेको बाल शिक्षण पद्धति परिवर्तन गर्न आवश्यक रहेको बताउँदै उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिरको बाटोमा डोर् याउने प्रयास गरिएको उल्लेख गरे । ३ सय ९५ पृष्ठको उपन्यास सुन वर्षी बुक हाउसले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’