शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको प्रयास

बन्दसत्र स्थगित, आयोजक कमिटीमा नयाँ नेतृत्व चयनबारे छलफल
शनिबार, १७ पुस २०७८, १४ : ५१
शनिबार, १७ पुस २०७८


पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो ।

दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुने जानकारी गराए । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन हने समेत बताएका छन् ।

सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा साँझ ५ बजेसम्म छलफल हुनेछ । अहिले बन्द सत्र पुनः स्थगित गरी महाधिवेशन आयोजक कमिटीमा छलफल सुरु भएको छ । बन्द सत्र ५ बजेसम्मलाई स्थगित भएको छ । महाधिवेशन आयोजक कमिटीमा केन्द्रीय कमिटी चयनबारे सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । महाधिवेशन आजै सम्पन्न गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप