आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

शनिबार, १७ पुस २०७८, १२ : ०७
शनिबार, १७ पुस २०७८

भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा शनिबार वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका तिर्थयात्रीहरुबीच भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको हो । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन् । 

जम्मु काश्मिरको त्रिकुटा पहाडमा अवस्थित सो मन्दिर ५ हजार २०० फुटको उचाईमा रहेको छ । समाचार एजेन्सी एएनआईलाई स्थानीय प्रहरी अधिकारी लिबाग सिंहले भनेका छन् : ‘कटरास्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । यो दुर्घटना एउटा विवादबाट सुरु भएको थियो । त्यसलगत्तै भीडमा भागदौडको स्थिति उत्पन्न भएको थियो ।’

कटारास्थित सामूदायिक स्वास्थ्य केन्द्रका चिकित्सक डा.गोपाल दत्तका अनुसार भागदौडमा १२ जनाको मृत्यु भएको छ । उनीहरु सबै दिल्ली, हरियाणा, पञ्जाब र जम्मु काश्मिरका सर्वसाधारण हुन् ।  घटना भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसम्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई २– २ लाख रुपैयाँ सहयोग गर्ने बचन समेत दिएका छन् । यो वर्ष वैष्णोदेवी मन्दिर ५६ लाखभन्दा बढी दर्शनार्थी पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप