शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आइडिया स्टुडियो ‘सिजन ६’ को आवेदन खुल्यो

शनिबार, १७ पुस २०७८, ११ : ४१
शनिबार, १७ पुस २०७८

सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन ६ को आवेदन खुलेको छ । आइडिया स्टुडियोले शुक्रबारदेखि सिजन ६ को आवेदन खुलाएको हो । सिजन ६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडियाले जनाएको छ ।

स्टुडियोले सिजन ५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारहरूलाई स्थान दिइसकेको छ । त्यसमध्ये १६० जना इन्क्युबेशन कार्यक्रममा गएका छन् भने ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन् । नवीन व्यवसायिक सोच भएका युवाले सिजन ६ मा सहभागी हुन ideastudio.org.np मार्फत सम्पर्क गर्न सक्नेछन् ।

स्टुडियोले नयाँ उद्यमीहरुको व्यापार अवधारणा उत्कृष्ट बनाउन सल्लाह दिने र उक्त विचारलाई एपिवान टेलिभिजनमार्फत प्रसारण गरिने बताएको छ । त्यसमध्ये ४ जना व्यवसायहरू लाइ (मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र इनोेभेसन) का लागि योग्य आइडियाहरू बीज लगानीका लागि योग्य हुनेछन् ।

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा.छिरिङ लामाले स्थापना भएदेखि नै आइडिया स्टुडियो नेपालले आफ्ना प्रमुख कार्यक्रमहरू मार्फत ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘आइडिया स्टुडियो सिजन ६ का लागि हामी आर्थिक लगानीको लागि मात्र नभई ज्ञान, समय, श्रोत र विश्वासका हिसाबले पनि मानिसहरूलाई आफ्ना विचारलाई वास्तविकतामा ल्याउन प्रोत्साहन र सशक्त बनाउन मञ्च प्रदान गर्न तयार छौं ।’ 

स्टुडियोले सन् २०१६ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ । साथै आइडिया स्टुडियो नेपालको नीति साझेदारका रूपमा राष्ट्रिय युवा परिषद्, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) ज्ञान साझेदार, वर्ल्ड वाइल्डलाइफ नेपाल (डब्लुडब्लुएफ नेपाल) इको इम्प्याक्ट पार्टनर, आइडिया इम्प्याक्ट फन्ड लगानी साझेदार, प्रभु बैंक बैंकिङ पार्टनरको रूपमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप