रणवीर सिंहलाई ५ बायोपिकको अफर
शनिबार, १७ पुस २०७८, ०८ : १९

फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ । जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन् । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका छन् ।
‘मेरो ५ बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ । जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ । यी सबै बायोपिक फरकफरक चरणमा छन् । केहीको कथा अहिले विकसित भइरहेको छ । आशा छ एउटा राम्रो स्क्रिप्ट बन्नेछ र यसको घोषणा हुनेछ’, उनले भनेका छन् ।
फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज भएको थियो । कवीर खान निर्देशित फिल्ममा दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसीनलगायतका कलाकारको अभिनय छ । फिल्मले हाल विश्वव्यापी रुपमा १ सय १५ करोड कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य