बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमाले अधिवेशन : अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा

शुक्रबार, १६ पुस २०७८, २२ : ०९
शुक्रबार, १६ पुस २०७८

नेकपा एमाले अछामको आठौं अधिवेशनमा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुन् ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । 

उम्मेदवारी घोषणा कार्यक्रममा शाहले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । वामपन्थी पार्टीहरूसँगको कार्यगत एकताका आधारमा पार्टीलाई ठूलो बनाउने उनको भनाइ थियो । 

अछामका ९१ वटै वडाका वडा अध्यक्ष, दश वटै पालिकाका अध्यक्षको बलमा अध्यक्षको लागि उम्मेदवार बन्ने उनले तर्क गरे ।  जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उनले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिए । टिके प्रथाबाट नेतृत्व चयन गर्ने पक्षको विरुद्धमा आफू रहेको उनले बताए । 

शाहले पार्टीका नेता कृष्णप्रसाद भट्टराईको समर्थन आफूलाई रहेको दाबी गरे । उनले २८ वर्ष अघि अछाममा पार्टीको नेतृत्व गरिसकेका कारण भट्टराईले पार्टी अध्यक्षको लागि दाबी नभई जिल्लामा अभिभावकको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । पार्टी नेतृत्वले भट्टराईलाई केन्द्रिय सदस्य नबनाएर गल्ती गरेको उनले बताए । 

शाहले अध्यक्षको उम्मेदवार कुनै बार्गेनिङ गर्नका लागि नभई एमालेलाई बलियो बनाउनको लागि भएको तर्क गरे । 

२०४७ सालमा बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । अनेरास्ववियुको सहसचिव, पार्टीको ईलाका कमिटी सचिव, इन्चार्ज हुँदै दुई कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए । यस्तै नेकपा एमाले र  माओवादी केन्द्र एकीकरण पछि जिल्लाको संगठन विभाग प्रमुख बनेका थिए । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि उनी अहिले नेकपा एमालेको सचिवालय सदस्य, एवम् संगठन विभाग प्रमुख र आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार प्रमुख छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप