राष्ट्रिय सभा : गण्डकीका तीन सिटमा चुनाव हुने
चार वर्षको कार्यकाल पूरा गरेका तीन सांसदको पद यही फागुनमा रिक्त हुँदैछ । यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद हुन्, सुरेन्द्र पाण्डे र वृन्दादेवी राना । दुवै जना कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका थिए ।
अहिले थप तीन जनाको पदावधि सकिन लागेको हो । गण्डकीबाट रिक्त हुनेमा दुई जना माओवादी र एक जना नेकपा एकीकृत समाजवादीका सांसद छन् । माओवादीबाट दिनानाथ शर्मा खुला कोटाबाट निर्वाचित भएका हुन् भने खीमकुमार विक दलित कोटाका सांसद थिए ।
शान्तिकुमारी अधिकारी तत्कालीन एमालेको महिला कोटामा निर्वाचित भएकी थिइन् । फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ । त्यसका लागि पुस २० गते मनोनयन दर्ता हुने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
राष्ट्रियसभाको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । गण्डकीमा २ सय २९ जना मतदाता छन् । ६० सदस्यीय प्रदेशसभामा हाल ५९ जना सांसद छन् । स्थानीय तहका १ सय ७० जना जनप्रतिनिधि छन् ।
प्रदेश सांसदको मतभार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । स्थानीय तह कांग्रेसको बहुमत भए पनि प्रदेशसभामा भने एमाले सांसद धेरै छन् । गठबन्धन नयाँ बनेका कारण चुनावी नतिजा पहिलेभन्दा फरक आउने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण