यु-१९ एसिया कपको उपाधि भारतले जित्यो
श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन भएको खेलमा भारतले नौ विकेटको जित पायो ।
वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।
तर, डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । यद्यपि दोस्रो पटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनु पर्ने थियो ।
सोही लक्ष्य भारतले २१.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ओपनर अंक्रिश रघुवंशीले अविजित ५६ रनको अर्धशतकिय इनिङ खेले । सैक रसिदले ३१ रनको योगदान दिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ३८ ओभरमा नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।
श्रीलंकाका यासिरू रोड्रिगोले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै रविन डी सिल्भाले १५, मथिसा पथिराना र सदिसा राजापाक्षेले समान १४ रन जोडेका थिए ।
भारतका बिक्की ओस्तवालले तीन विकेट लिएका थिए । त्यस्तै कुशल तम्बेले दुई, राजवर्धन हंगरगेकर, रवि कुमार र राज बावाले एक/एक विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण