मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट वनमा साग टिप्न गएकी महिलाको मृत्यु

शुक्रबार, १६ पुस २०७८, २० : ०३
शुक्रबार, १६ पुस २०७८

नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा आज वनमा साग टिप्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार मध्यविन्दु–१२, अरुणखोलाकी ३९ वर्षीया बरिसा सारुलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । शुक्रबार बिहान नजिकैको वनमा साँग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरका प्रहरी निरीक्षक  सागर पन्तले बताए ।

सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल अरुणखोला–दुम्कीवास सडक खण्डभन्दा झन्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।

नवलपुरमा मंसिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को सामुदायिक वनका वन रक्षकको पनि मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप