आर्मी र एपीएफबीचको खेल बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।
दिनेश हेन्जनको पासमा एपीएफका चार डिफेन्डर र गोलकिपरलाई छलाउँदै कार्कीले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो तर आर्मीको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६७ औँ मिनेटमा एपिएफका बिकी तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कप्तान नवीन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्ड बलमा गोल गरेका हुन् ।
यो बराबरी खेलसँगै आर्मीले सात खेलमा ११ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको चौथो स्थानमा छ । समान खेल खेलको एपीएफले ६ अङ्क जोड्दै अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी