प्रधानसेनापति भारत जाँदै
शुक्रबार, १६ पुस २०७८, २३ : १२

प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ ।
त्यसका लागि उनको बिदा स्वीकृत भएको सेनाको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत भएको हो ।
उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ । केही महिनाअघि भने औपचारिक भ्रमणमा प्रधानसेनापति भारत गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार
-
पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त
-
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा
-
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
-
कर नबुझाउने १२२ करदातामाथि कारबाही
-
आफ्ना ३ अर्ब जिमेल प्रयोगकर्तालाई गुगलले किन दियो यस्तो चेतावनी ?