शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीविरुद्ध सडक संघर्षमा उत्रियो नेमकिपा, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १६ पुस २०७८, १७ : ०९
शुक्रबार, १६ पुस २०७८

एमसीसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खवरदारी सभा गरेको छ । 

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खवरदारी सभा गरेको हो । सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गरे । सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए । नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गरे । 

नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताए ।  खवरदारी सभामा देशघाती एमसीसी सम्झौता खारेज गरलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप