आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सीके राउत नेतृत्वको जनमत पार्टीका ९ कार्यकर्ता पक्राउ

शुक्रबार, १६ पुस २०७८, १६ : २५
शुक्रबार, १६ पुस २०७८

पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरबाट प्रहरीले सीके राउन नेतृत्वको जनमत पार्टीका ९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा आन्दोलन गरिरहेकामध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा सवारी आवागमन अवरुद्ध हुनेगरी प्रदर्शन भएपछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए ।

राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहामा सुरु भएको किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनमत पार्टीका कार्यकर्ता रौतहटमा पनि आन्दोलित भएका हुन ।

किसानको समस्या समाधान गर्न सरकारले बेवास्ता गरेमा अझै कडा आन्दोलन गर्ने जनमत पार्टीका केन्द्रीय सदस्य  ललित मल्लिक सानु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप