स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पहिलोपटक डीसीईओको व्यवस्था : राणाले पाए जिम्मेवारी
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पटक डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को व्यवस्था गरेको छ । बैंकले पहिलो पटक डीसीईओ पदको व्यवस्था गर्दै गोरख राणालाई त्यसको जिम्मेवारी दिएको हो । त्यसो त राणा यसअघि पनि प्रमुख कार्यकारी पछिको दोस्रो बरियतामा नै रहेका थिए । तर यस अघिसम्म बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृत नै भनेर कसैलाई पनि जिम्मेवारी दिएको थिएन ।
योसँगै स्ट्यान्डर्ड चार्टर्ड बैंकको इतिहासमो डीसीईओको जिम्मेवारी पाउने पहिलो व्यक्ति राणा नै बनेका छन् । राणासँग २७ वर्षभन्दा लामो बैंकिङ अनुभव रहेको छ । स्ट्यान्डर्ड चार्टर्डबाटै बैंकिङ्ग करिअर सुरु गरेका राणाले धेरै उद्योग र नियामक फोरमहरूमा चार्टर्डको प्रतिनिधित्व गर्दै आएका छन् । उनले सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङ हेर्ने गरी स्ट्यान्डर्ड चार्टर्डमा आबद्ध भएका थिए ।
सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरेका उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेजसम्मका विभिन्न पदमा काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना