आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

र्‍यापर  लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति

शुक्रबार, १६ पुस २०७८, १६ : ०५
शुक्रबार, १६ पुस २०७८

र्यापर लाउरेसँगै पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो । लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन् । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् ।

पोखरा घर भएका लाउरेलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । ब्राउन सुगरसहित सो लागुऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको प्रहरीको भनाई छ ।

लाउरे रियालीटी शो हिमालय रोडिजका निर्णयक हुन् । ब्राउन सुगर बेचबिखनमा लाउरेको संलग्नताबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप