शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बन्दसत्रमा तीन आयोगको प्रतिवेदन पेश, प्रचण्डले सम्बोधन गर्दै

शुक्रबार, १६ पुस २०७८, १५ : ४३
शुक्रबार, १६ पुस २०७८

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा शुक्रबार तीन आयोगले आफ्नो प्रतिवेदन पेश गरेका छन् ।  केन्द्रीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आफू मातहतबाट भएका कार्यसम्पादनको विवरण पार्टीलाई जानकारी दिइएको छ । 

आयोगहरूले आफ्नो प्रतिवेदन पेश गरेसँगै अध्यक्ष प्रचण्डले बन्दसत्रमा सम्बोधन थालेका छन् । प्रचण्डले राजनीतिक र विधान संशोधन प्रस्तावमाथिको छलफलका सन्दर्भमा केन्द्रीय रहेर जवाफ दिन सम्बोधन थालेको माओवादी स्रोतले जनाएको छ । 

माओवादीको महाधिवेशन पुस ११ देखि राजधानीमा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप