ऋणमा माओवादी : आम्दानी भन्दा खर्च धेरै !
नेकपा माओवादी केन्द्रको एक आर्थिक वर्षमा आम्दानी भन्दा खर्च धेरै देखिएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा शुक्रबार प्रस्तुत भएको लेखा आयोगको प्रतिवेदनमा पार्टीको हिसाव किताब ऋणात्मक देखिएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
ती नेताका अनुसार पार्टीको आम्दानी आर्थिक वर्ष २०७७–७८ मा ७९ लाख २० हजार ५१८ रुपैयाँ देखिएको छ । तर खर्च भने झण्डै ९ लाख बढी देखिएको ती नेताले बताए । उनका अनुसार सदस्यता दस्तुतरबापत ६८ लाख ३२ हजार ८२३ रुपैयाँ संकलन भएको छ । यस्तै अन्य आम्दानीबाट ९७ हजार ६८८ गरी जम्मा ७९ लाख २० हजार रुपैयाँ हाराहारीमा आम्दानी भएको लेखा आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै विभिन्न शीर्षकमा गरी खर्च ७८ लाख १८ हजार रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार ८ लाख ८७ हजार हाराहारीमा घाटा देखिएको प्रतिवेदनमा भनिएको छ । आयोगले २०७४ फागुन फागुन २४ गतेदेखि २०७८ असार मसान्तसम्मको पार्टीको अन्तिम लेखा परीक्षण सम्पन्न गरेर निर्वाचन आयोगमा पेश गरेको पनि बताएको छ ।
पार्टीको कुल चलअचल सम्पत्तिको ६६ करोड ३८ हजार २२३ बराबरको रहेको पनि प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण