ऋणमा माओवादी : आम्दानी भन्दा खर्च धेरै !
नेकपा माओवादी केन्द्रको एक आर्थिक वर्षमा आम्दानी भन्दा खर्च धेरै देखिएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा शुक्रबार प्रस्तुत भएको लेखा आयोगको प्रतिवेदनमा पार्टीको हिसाव किताब ऋणात्मक देखिएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
ती नेताका अनुसार पार्टीको आम्दानी आर्थिक वर्ष २०७७–७८ मा ७९ लाख २० हजार ५१८ रुपैयाँ देखिएको छ । तर खर्च भने झण्डै ९ लाख बढी देखिएको ती नेताले बताए । उनका अनुसार सदस्यता दस्तुतरबापत ६८ लाख ३२ हजार ८२३ रुपैयाँ संकलन भएको छ । यस्तै अन्य आम्दानीबाट ९७ हजार ६८८ गरी जम्मा ७९ लाख २० हजार रुपैयाँ हाराहारीमा आम्दानी भएको लेखा आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै विभिन्न शीर्षकमा गरी खर्च ७८ लाख १८ हजार रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार ८ लाख ८७ हजार हाराहारीमा घाटा देखिएको प्रतिवेदनमा भनिएको छ । आयोगले २०७४ फागुन फागुन २४ गतेदेखि २०७८ असार मसान्तसम्मको पार्टीको अन्तिम लेखा परीक्षण सम्पन्न गरेर निर्वाचन आयोगमा पेश गरेको पनि बताएको छ ।
पार्टीको कुल चलअचल सम्पत्तिको ६६ करोड ३८ हजार २२३ बराबरको रहेको पनि प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चरिकोटमा बागमती प्रदेशका नेता र जनप्रतिनिधिलाई कांग्रेसको प्रशिक्षण
-
प्रधानमन्त्री प्रचण्ड र फिल्मकर्मीबिच भेटघाट
-
'माइडिया ब्रान्डका फ्यान चलाउँदा बिजुलीको बिल धेरै उठ्दैन'
-
आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन
-
‘मिस एन्ड मिस्टर आइडल’ हुने
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ : उपकुलपति बस्नेत