माओवादी अनुशासन आयोगको ठहर : गुटगत प्रवृति मौलायो
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत शुक्रबार सो पार्टीको अनुशासन आयोगले आफ्नो प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष टंक राईले शुक्रबारको बन्दसत्रमा आयोगको प्रतिवेदन पेश गर्दै पार्टीमा गुटगत गतिविधि मौलाएकाले त्यसलाई अन्यत्र गर्नुपर्ने बताएका छन् । उनले केन्द्रमा गुटगत प्रवृति कम देखिएपनि जिल्ला जिल्लामा अझ बढी गुट मौलाएको बताए । साथै उनले पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृति पनि पार्टीमा देखिएको बताए ।
उनले बहुमतको निर्णयविरुद्ध गुटगत गतिविधि समस्या रुपमा रहेकाले त्यसलाई अन्त्य गर्नुपर्ने सुझाव दिए । त्यस्तै उनले पार्टीमा अपरादर्शी आयआर्जन, जीवन शैली उच्च हुने गरेको जस्ता समस्या देखिएको बताए । साथै कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले सादा जीवनशैली अपनाउनुपर्ने र पारदर्शी जीवन शैली नभए आयोगले कारवाही गर्ने चेतावनी दिए ।
त्यस्तै सांस्कृतिक सामाजिक विचलन समेत पार्टीमा भयाबह देखिएको बताए । उनले छुवाछुत र लिङ्गका आधारमा कसैलाई फरक व्यवहार गर्न नहुनेमा जोड दिए । ‘अनुशासन पार्टी जीवनको महत्वपुर्ण विषय हो । अनुशासित पार्टीले मात्रै राजनीतिको नेतृत्व गर्छ’, राईले आयोगको औचित्यबारे प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण