आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

साध्यबहादुरसँगै ८४७ जना एकीकृत समाजवादीमा समाहित

शुक्रबार, १६ पुस २०७८, १५ : १२
शुक्रबार, १६ पुस २०७८

राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीसहितका नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । संयोजक भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापा लगायतका नेता एकीकृत समाजवादीमा मिसिएका हुन् । परिषदबाट ८४७ जना एकीकृत समाजवादीमा समाहित भएको शुक्रबार आयोजित एकता घोषणा कार्यक्रममा जानकारी दिइएको छ । 

एकीकृत समाजवादीमा भण्डारलाई स्थायी कमिटी, हेमनाथ सेढाई र दुर्गानन्द चौधरी र गोकुल थापालाई  केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको छ । यस्तै गुरुङलाई महिला सचिवालय सदस्यको जिम्मेवार दिएको छ ।

राष्ट्रिय जागरण परिषदबाट एकीकृत समाजवादी आएर जिम्मेवारी पाउने नेताहरु केन्द्रीय सदस्यमा ९ जना छन् भने ५१ जनाले विभिन्न जिम्मेवारी पाएका छन् । परिषदले ४३ जिल्लाका कार्यकर्ताको सूची समाजवादीलाई बुझाएको छ ।
यस्तो छ जिम्मेवारी पाउनेको सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप