वामपन्थी आन्दोलनभित्र प्रतिक्रियावादीको घुसपैठ छ : साध्यबहादुर भण्डारी
कम्युनिस्ट नेता साध्यबहादुर भण्डारीले नेपालमा रहेका क्रान्तिकारी शक्ति तथा देशभक्तहरूको विभाजनकारी प्रवृत्तिकै कारण प्रतिक्रियावादीहरुले पटकपटक अवसर पाउने गरेको बताएका छन् । साथै उनले स्वयं वाम आन्दोलनभित्रका साम्राज्यवाद एव् अन्य प्रतिक्रियावादको पिछलग्गु हुने प्रवृति नेपाली कम्युनिस्ट आन्दोलनको बाधक भएको दावी गरेका छन् ।
शुक्रबार नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता घोषणा प्रस्ताव सार्वजनिक गर्दै भण्डारीले नेपालमा मूलत : तीन प्रकारका कम्युनिस्ट धारा देखा परेको बताएका छन् । ‘क्रान्तिकारीको नाममा देखा परेको जडसुत्रवादी धारा, वामपन्थी देशभक्त धारा र अति दक्षिणपन्थी वा दक्षिणपन्थी धारा हुन्’, भण्डारीले भनेका छन् ।
उनले आजको युगमा साम्राज्यवाद, एकाधिकार पुँजीवाद र नोकरशाही पुँजीवादको दलाली नगरी दक्षिणपन्थी धारा नफस्टाउने र टिक्न नसक्ने पनि बताएका छन् । ‘यो धाराको खतरा प्रवल छ भने प्रतिकृयावादी धारासँग नै वामपन्थी देशभक्त धारा वा समाजवादी धारावीचको अन्तरविरोध प्रखर रहेको छ’, भण्डारीको निष्कर्ष छ । उनले वामपन्थी आन्दोलन आज नराम्ररी थिलथिलो हुनेगरी विभाजित भएको पनि बताएका छन् । ‘यसभित्र प्रतिक्रियावादीको घुसपैठ पनि गम्भीर छ’, भण्डारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण