आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वामपन्थी आन्दोलनभित्र प्रतिक्रियावादीको घुसपैठ छ : साध्यबहादुर भण्डारी

शुक्रबार, १६ पुस २०७८, १४ : ४३
शुक्रबार, १६ पुस २०७८

कम्युनिस्ट नेता साध्यबहादुर भण्डारीले नेपालमा रहेका क्रान्तिकारी शक्ति तथा देशभक्तहरूको विभाजनकारी प्रवृत्तिकै कारण प्रतिक्रियावादीहरुले पटकपटक अवसर पाउने गरेको बताएका छन् । साथै उनले स्वयं वाम आन्दोलनभित्रका साम्राज्यवाद एव् अन्य प्रतिक्रियावादको पिछलग्गु हुने प्रवृति नेपाली कम्युनिस्ट आन्दोलनको बाधक भएको दावी गरेका छन् । 

शुक्रबार नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता घोषणा प्रस्ताव सार्वजनिक गर्दै भण्डारीले नेपालमा मूलत : तीन प्रकारका कम्युनिस्ट धारा देखा परेको बताएका छन् । ‘क्रान्तिकारीको नाममा देखा परेको जडसुत्रवादी धारा, वामपन्थी देशभक्त धारा र अति दक्षिणपन्थी वा दक्षिणपन्थी धारा हुन्’, भण्डारीले भनेका छन् ।

उनले आजको युगमा साम्राज्यवाद, एकाधिकार पुँजीवाद र नोकरशाही पुँजीवादको दलाली नगरी दक्षिणपन्थी धारा नफस्टाउने र टिक्न नसक्ने पनि बताएका छन् । ‘यो धाराको खतरा प्रवल छ भने प्रतिकृयावादी धारासँग नै वामपन्थी देशभक्त धारा वा समाजवादी धारावीचको अन्तरविरोध प्रखर रहेको छ’, भण्डारीको निष्कर्ष छ । उनले वामपन्थी आन्दोलन आज नराम्ररी थिलथिलो हुनेगरी विभाजित भएको पनि बताएका छन् । ‘यसभित्र प्रतिक्रियावादीको घुसपैठ पनि गम्भीर छ’, भण्डारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप