हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन् : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको उदेश्य चुनाव जित्ने मात्रै नभएको बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो पार्टीको उद्देश्य चुनाव नभएको बताएका हुन् ।
उनले केही पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफुहरुको उद्देश्य जनताका समस्या समाधान गर्ने भएको बताए । उनले परिणाममुखी काम देख्न चाहेको भन्दै त्यसका लागि इमानदारिता र निष्ठाको उदाहरण प्रस्तुत गर्न गइरहेको बताए । ‘नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ’, अध्यक्ष नेपालको भनाइ छ ।
‘केही राजनीतिक दलहरु चुनाव चुनाव भनिरहेका छन्, हामी भन्दैनौ चुनाव । हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन, हाम्रो उद्देश्य जनता हुन्, जनताका पीरमर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई हामीले हाम्रो समस्याका रुपमा लिएका छौ’, अध्यक्ष नेपालको दावी छ ।
उनले जनताका समस्या समाधान गर्ने सन्दर्भमा आफ्नो पार्टी अग्रपंक्तिमा उभिने र त्यसका लागि सन्तुलित नीति लिएर अघि बढ्ने प्रयासमा रहेको बताए । उनले गलत कुराको विरोध गर्ने जिम्मेवार दलको कर्तव्य हुने भएकाले आफ्नो पार्टीले कुनैपनि गलत कामको समर्थन नगर्ने बताए ।
कार्यक्रममा नेपाल नेतृत्वको एकीकृत समाजवादी र साध्यबहादुर भण्डारी नेतृत्वको परिषदबीच एकता घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण