शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

शुक्रबार, १६ पुस २०७८, १३ : ४७
शुक्रबार, १६ पुस २०७८

नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग समेतमा विपक्षी बनाइएका आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै रिट निवेदन दिएका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहटबाट प्रत्यक्ष निर्वाचित यादव हाल थुनामा छन् । उनको रिट निवेदनमाथि सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि सुनुवाइ प्रक्रिया भने अघि बढ्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप