शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१० कम्पनीको सेयर मूल्य समायोजन

शुक्रबार, १६ पुस २०७८, १३ : १९
शुक्रबार, १६ पुस २०७८

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो । 

नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडवील फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन भएको जनाएको छ । 

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । आइतबारबाट यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप