माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
शुक्रबार, १६ पुस २०७८, १२ : २६
माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो ।
आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो ।
आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुुरु हुने भएको छ । स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन