बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण
![बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण](https://rpcdn.ratopati.com/media/albums/tia_tribhuvan_international_airport_19_Nypo4mRMOj.jpg)
खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो ।
खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाडौंदेखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटेका थिए । आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
घट्दो धान उत्पादन, झन्–झन् परनिर्भर हुँदै कर्णाली
-
पाल्पाको माडी फाँटमा धान रोप्दै गरेका किसान (तस्बिरहरू)
-
सरकार किसानसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ : मुख्यमन्त्री महरा
-
इराकको मस्जिदमा विस्फोटक उपकरण फेला : राष्ट्रसङ्घीय एजेन्सी
-
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ