सबै काम छोडेर प्रहरीले किन खोजिरहेको छ गधा ?
प्रहरीले आफ्नो सबै काम छोडेर गधाको खोजीमा उत्रिएको छ । यस्तो खबर सुन्दा अचम्म लाग्ला तर भारतको राजस्थानस्थित हनुमानगढ जिल्लामा लगातार गधाको चोरी भइरहेका कारण प्रहरी गधाको खोजीमा जुटेको हो ।
चोरी गर्नेहरुको खोजी गर्न प्रहरीले समूह बनाएको छ र मानिसलाई आफ्नो गधा घरमा नै राख्न सल्लाह दिएका छन् ।
हनुमानगढ जिल्लाको नोहर तहसीलको खुइयाँ थाना क्षेत्रका थुप्रै गाउँमा १० डिसेम्बरदेखि नै गधाको चारी भएको समस्या लिएर मानिस थाना पुगेका छन् ।
केही दिनसम्म सुनुवाई नहुँदा स्थानीय जनप्रतिनिधिका साथै गधाका मालिकले २८ डिसेम्बरमा गधाको खोजी गरिदिन माग गर्दै खुइयाँ थानामा धर्ना दिए ।
प्रहरीले १५ दिनमा गधा भेट्टाइदिने आश्वासन दिएपछि धर्ना समाप्त भयो ।
हालसम्म ७६ गधाको चोरीः
तर २९ डिसेम्बरको राती पुनः गाउँबाट ६ गधा चोरी भए । अब इलाकाका मानिस डराएका छन् र चोरिएका गधाको तत्काल खोजी गर्न माग गरिरहेका छन् ।
नोहरका डेप्युटी विनोद कुमारले बीबीसीसँगको कुराकानीमा भने, ‘यस्तो पहिलो पटक भएको हो । दुई तीन ठाउँबाट गधा चोरी भएको सूचना आएको छ । कसैका चार त कसैको पाँचवटा गधा चोरी भएका छन् । खोजीका लागि हामीले प्रहरीको समूह गठन गरेका छौं । हामी प्रयास गरिरहेका छौं ।’
गाउँका गोठाला पवनसँग ठूलो संख्यामा भेडा छन् । उनका तीनवटा गधा चोरी भएको उनले दाबी गरेका छन् ।
उनले फोनमा बीबीसीलाई भनिन्, ‘९ तारिखको रातीदेखि नै गधाको चोरी भइरहेको छ । कसैका दुई त कसैका तीन गधा चोरी भएका छन् । हाम्रो गाउँमा हालसम्म १६ वटा गधा चोरी भएका छन् ।’
गधा चोरी भएपछि खुईयाँ थानामा गोठालासँग धर्ना दिन पुगेका माकपादेखि पञ्चायत समिति सदस्य मंगेज चौधरीले बीबीसीसँग भने, ‘गधा चोरीको मामिलाको विषयमा हामीले थुप्रैपटक प्रहरीलाई भेट्यौं । तर प्रहरीले दुईचार दिनको समय मागेका छन् । हामीले गोठालासँग मिलेर २८ डिसेम्बर दिनभरी थानामा धर्ना दियौँ । त्यसको साँझ डेप्युटी एसपीले धर्नामा पुगेर १५ दिनमा गधा खोजिदिने समय मागेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय