खराब मौसमले जहाज फनफनी : आकाशमै इन्धन सकिन लागेपछि विमान ढाका र कलकत्ता डाइभर्ट

काठमाडौं स्थिति त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आकाशमै इन्धन सकिन लागेपछि ४ विमानलाई भारत र बंगलादेश डाइभर्ट गरिएको छ । यस्तै ४ विमान आकाशमै होल्ड भएका छन् ।
अवतरणको तयारीमा रहेका ८ अन्र्तराष्ट्रिय उडान शुक्रबार बिहानको खराब मौसमको चपेटामा परेका छन् । बिहान ‘जिरो’ भिजिविलिटीका कारण त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल बन्द भयो । विमान स्थल खुल्ने आशामा विदेशबाट आएका ८ अन्र्तराष्ट्रिय उडानले काठमाडौं देखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटे ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार आकाशमा चक्कर काटिरहेका ४ बिमानको इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरर्पोट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको छ । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुबईको विमान कलकत्ता एयरपोर्ट गएको छ ।
यस्तै कतार एयरको एउटा विमान, हिमालयन एयरका दुई विमान, नेपाल एयरलाइन्सको एउटा विमान आकाशमा होल्डमा रहेका छन् । यी विमानले काठमाडौं र सिमराको आकाशमा चक्कर काटिरहेका छन् । विमानस्थल स्रोतका अनुसार यी विमानहरु दुबई र दोहाबाट काठमाडौं आएका हुन् ।
आन्तरिक उडान पनि ठप्प : केही बेरपछि खुल्ने अपेक्षा
बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण विमानस्थलको भिजिविलिटी जिरो अवस्थामा पुगेको थियो । विमानस्थल बन्द हुँदा आन्तरिक उडान पनि प्रभावित बन्यो । बिस्तारै मौसम खुल्दै गएकोले एयरपोर्ट खुल्न लागेको विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण प्रसाद चुडालले रातोपाटीलाई जानकारी दिए । बिहान कुनैपनि आन्तरिक उडान नभएको र केही बेरपछि भरतपुर, भद्रपुर लगायतका स्थानका लागि उडान हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’