हुस्सुले छोपियो काठमाडौं, स्वयम्भू क्षेत्रबाट यस्तो देखियो दृश्य
शुक्रबार, १६ पुस २०७८, ११ : १८

बिहीबारदेखि राजधानीमा वर्षा हुन छाडेपनि मौसम अझै खुल्न सकेको छैन । काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुको कारण भिजिबिलिटी कमजोर बन्यो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर नै बाक्लो हुस्सु र कुहिरो लागेको हो । पश्चिमी न्यून चापीय प्रणाली, भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।
हुस्सुका कारण बिहान आन्तरिक र बाह्य कुनैपनि उडान हुन सकेन । त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
राजधानीको स्वयम्भू क्षेत्रबाट देखिएका दृश्य हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप
-
आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई यसकारण फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?