घरबाट ‘हिउँ खेल्छु’ भनेर निस्किएका थिए चन्द्रागिरीमा मृत भेटिएका युवक
पुस १४ मा बिहानैदेखि झरी शुरु भएपछि बालाजुबाट ‘हिँउ खेल्छु’ भनेर निस्केका सुजन लामा भोलिपल्ट चन्द्रागिरी नगरपालिका–४ मा मृत अवस्थामा भेटिए । ३० वर्षका लामा बुधवार बिहान ८ बजेतिर घरबाट निस्केका हुन् ।
बुवा सानु लामा तामाङका अनुसार दिदी र आमालाई ‘हिँउ खेल्न जान्छु’ भनेका सुजनले बुवालाई चाहिँ ‘काममा जान्छु’ भनेका थिए । राति अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरु खोजतलास गर्न थाले । तर, उनि चन्द्रागिरीमा मृत अवस्थामा भेटिए ।
महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरबाट खटिएका अनुसन्धान अधिकृतहरुले प्रारम्भिक अनुसन्धानपछि शव त्रिवि शिक्षण अस्पतलामा पठाएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डाक्टर गोपाल चौधरीले घटनास्थलमा गएर शवको अवस्था हेरेका छन् ।
शवमा बाहिरी चोटपटक नदेखिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । कतै सुजनको हत्या भएको त हैन ? त्यसबारे पोष्टमार्टको रिपोर्ट हेरेपछि मात्रै अनुसन्धान गरिने एसएसपी खापुङले बताए । उनले भने–‘हिँउ खेल्न जाँदा उनी एक्लै गएका थिए कि, साथमा अरु पनि थिए भन्नेबारे अनुसन्धान गर्दै छौँ ।’
उनि मोटरसाईकल चढ्थे । तर, त्यसदिन उनी मोटरसाइकल घरमै छाडेर गएका थिए । उनको साथमा जाडोमा लगाउने ५ थान उनको टोपी र दुई थान डाटा केवल भेटिएको छ । दुई वर्षअघि विदेशबाट फर्केका लामा पछिल्लो समय पसलमा काम गर्थे । टोपी र डाटा केवल उनले बेच्नका लागि बोकेको हुनसक्ने बताइएको छ । चित्लाङतर्फ मोटरसाइकल जाने बाटोबाट करिब ७ मिनेट परको दुरीमा उनको शव फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल