बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइनालाई हेटौंडा उपमहानगरपालिकाको सम्मान

शुक्रबार, १६ पुस २०७८, ११ : ०३
शुक्रबार, १६ पुस २०७८

 बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनको क्षेत्रमा योगदान गरेको भन्दै आशा फाउन्डेसनकी संस्थापक आइना वार्का न्यौपानेलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ हरियाली टोलमा कार्यालय स्थापना गरेर बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको शैक्षिक तथा स्वास्थ्य अवस्था सुधारका लागि गरेको कार्यको प्रशंसा गर्दैै बिहीबार उपमहानगरपालिकाको नगर परिषद्बाट फाउण्डेसन र पाठशालाकी संस्थापक तथा संरक्षक उनलाई सम्मान गरिएको हो ।

उनलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले दोसल्ला, माला लगाई प्रशंसा पत्रद्वारा सम्मानित गरेका हुन् ।

फाउण्डेसनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्रबाट बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको अध्ययन अध्यापन तथा उपचार र हाते सिप सिकाइका क्षेत्रमा सेवा गर्ने कार्य प्रशासकीय रहेको भन्दै उपमहानगरपालिकाले न्यौपानेलाई सम्मान गरेको हो ।

सम्मान ग्रहण गरे पश्चात यो आफ्ना लागि खुशीको अवसर रहेको प्रतिक्रिया दिइन् । स्थानीय सरकारबाट आफ्ना कामबाट सम्मानित हुने अवसर पाउँदा आफूमा थप हौसला थपिएको र आगामी दिनमा निरन्तरता र स्थायित्वको लागि काम गर्ने उनले बताइन् । बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप काम गर्दै जाने उनको भनाइ छ ।

फाउण्डेसनले संचालन गरेको पाठशालामा हाल ४८ जना बौद्धिक अपाङ्गता भएका बालबालिका रहेका छन् । उनीहरुको दैनिक हेरचाह, स्वास्थ्य उपचार र पठनपाठन फाउण्डेसनले नै गर्दै आएको छ । 

फाउण्डेसनले अनाथ तथा अपाङ्ग बालबालिकाहरूको सहजताको लागि हेटौंडामा आफ्नै होस्टल पनि संचालनमा ल्याएको छ । हाल सो होस्टलमा ११ जना बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिका आश्रित छन् ।

फाउण्डेसनले ललितपुरमा पनि पाठशालाको शाखा संचालनमा आएको छ भने बर्दिबासको महोत्तरीमा पनि पाठशालाको शाखा संचालनको तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप