शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘कठपुतली’

शुक्रबार, १६ पुस २०७८, १० : ४९
शुक्रबार, १६ पुस २०७८

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘कठपुतली’ प्रदर्शनमा आएको छ । हरर विषयमा निर्माण भएको फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो । हिजो बिहीबारबाट रिलिजमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ अन्तिम समयमा सरेको कारण ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर मिलेको हो ।

भिमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय देख्न सकिन्छ । अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल्म विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यका कथा देखाउन खोजिएको छ ।

पृथ्वी रानामगरको निर्माण, सम्पदा मल्लको लेखन रहेको  फिल्म अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । फिल्मको बुधबार प्रिमियर भएको थियो । फिल्मकर्मी र रंग पत्रकार सहभागी भएको प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कतिपयले भने फिल्मको कथा र कलाकारको अभिनयको समेत प्रशंसा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप