बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाको चौथो लहर सायद बित्यो : दक्षिण अफ्रिका

शुक्रबार, १६ पुस २०७८, १० : २२
शुक्रबार, १६ पुस २०७८

कोरोना महामारीका कारण दक्षिण अफ्रिकामा लगाइएको नाइट कर्फ्यू हटाइएको छ । त्यहाँका अधिकारीले देशमा कोरोना महामारीको चौथो लहरको उत्कर्ष सायद बितिसकेको आँकलन गरेका छन् ।

सरकारले एक बयानमा ओमिक्रोन भेरियन्ट असाध्यै धेरै संक्रामक भएतापनि कोरोनाको पछिल्लो लहरको तुलनामा मानिसहरु अस्पताल भर्ना हुने दर कमै रहेको बताएको छ । यता मृत्युमा पनि साधारण वृद्धि देखिएको जानकारीमा उल्लेख छ ।

कोभिड–१९ ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको थियो । यो भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी संक्रामक रहेको बताइयो जसकारण संसारभरी कोरोनासँग जोगिने नियम कडा बनाइँदैछ ।

विश्व स्वास्थ्य संगठनले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमणको ‘सुनामी’ आउनले चेतावनी दिएको छ ।

तर दक्षिण अफ्रिकामा बिहिबार सरकारले केही नियम खुकुलो बनाइएको घोषणा गरेको छ ।

एक विशेष मन्त्रीमण्डलको बैठकपछि देशमा लगभग सबै प्रान्तमा कोरोनाका मामिला र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएको बताएको छ ।

एक हप्तामा २५ डिसेम्बर २०२१ सम्म देशमा कोरोना संक्रमणका ८९,७८१ नयाँ मामिला भेटिएको थियो जबकी त्यसको एक हप्ताअघि १,२७,७५३ नयाँ संक्रमित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप