एपीएफका र आर्मी तथा फ्रेण्ड्स र एनआरटी भिड्दै
विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेलको सुरुआत हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्दै छन् ।
दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ । आर्मी भने विभागीय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउँदै उपाधि दाबेदारीलाई यथावत राख्न चाहन्छ ।
एपीएफ ६ खेलमा ५ अंक जोडेर ११औँ स्थानमा रहेको छ । आर्मी ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई चुनौती दिनेछ ।
जारी लिगमा पुछारमा रहदै फ्रेन्ड्स रेलिगेशन जोनमा छ । एनआरटीविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेशन क्षेत्रबाट उम्कने दाउमा छ ।
एनआरटीसमेत फ्रेन्ड्सविरुद्ब जित निकाल्दै शीर्ष चारको आफ्नो लक्ष्यलाई कायम राख्न चाहन्छ । दुबै टोलीलाई विदेशी खेलाडीको साथ छ ।
फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा छ । एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म