शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन–कुन विदेशी मुद्राको विनिमयदर कति ?

शुक्रबार, १६ पुस २०७८, ०७ : ४३
शुक्रबार, १६ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप